काठमाडौं । दस वर्षे जनयुद्धका बेला ठूला आश्वासन बाँडेको तत्कालिन नेकपा (माओवादी) पटक–पटकको सत्ता मोहले गर्दा अन्य संसदीय दलहरुजस्तै भएको जनताले आरोप लगाउन थालेका छन् । आफूहरुको राज्यसत्ता आएपछि रातारात नेपाललाई अमेरिका, युरोप र स्वीट्जरल्याण्ड बनाउँछौं भन्दै जनताको घरमा बास र छाक माग्न गएका माओवादीहरु हिजो बास बासेका घरका जनतालाई आज रातारात नवसभ्रान्त र धनाढ्य भएर नचिन्ने भएका छन् । माओवादी भित्र मौलाउँदै गएको डनगिरी, दादागिरी, गुण्डागर्दीका कारण केही नेताको जीवनशैली अमेरिकी, युरोपेली जस्तै बनेको छ । र माओवादीहरु नीति, सिद्धान्त, पद्धति, अनुशासन, व्यवहारमा भन्दा व्यक्तिगत बिलासिताका सम्पत्तिहरु जोड्न थालेपछि जनताले माओवादीका नेताहरुलाई हिजोका पञ्चभन्दा गनाएको भन्दै संज्ञा दिन थालेका छन् ।
माओवादीको ठूलो गल्ती भनेको बैठकमा उठाइएका र पास भएका एजेण्डाको सफल कार्यान्वयमा कमजोरी हुनु हो । माओवादीमा पद ओगटेर बस्ने र काम नगर्ने मानसिकताको जरो निकै गहिरोसँग गढेर बसेको छ । काम नगर्ने, काम बिगार्ने र कामप्रति हल्चेक्राइँ गर्ने नेताको पद घटुवा गरिनुपर्छ । पार्टीमा मौलाएको नातावाद, कृपावाद र परिवारवाद अध्यक्ष प्रचण्डबाटै निर्मम ढंगले फ्याक्ने तागत हुनुपर्छ ।
माओवादीका हरेक पटकका पदाधिकारी, सचिवालय, पोलिब्युरो, केन्द्रीय समिति आदिका बैठकमा आफूहरु बिग्रिएको भन्दै उनीहरु आत्माआलोचना पनि गर्छन् । यसरी आत्माआलोचना गर्नेमा पार्टी अध्यक्ष प्रचण्डनै पहिलो नम्बरमा गनिन्छन् । बैठक सकिएपछि पु्नः तिनै गुण्डा, डन, ठेकेदारले खुवाएको खाजा, खाना, दारु र उनीहरुले उपलब्ध गराएको महंगो मोवाइलमा कुरा गर्दै डनगिरी गर्नेहरुकै गाडीमा चढेर नेताहरु हुइकिन्छन् । अव माओवादीका नेताहरुले आफ्नो व्यक्तिगत जीवनशैली मात्र होइन, पार्टीमै निर्मम ढंगले आमूल रुपान्तरण गर्दै सुद्धीकरणको बाटोमा जानु जरुरी ।
पटक–पटकको सत्तामा सामेल हुँदा माओवादीले भ्रष्टाचारका विरुद्धमा, सुशासनको पक्षमा, नातावाद कृपावादकोबिरुद्धमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा पहलकमदी लिन सक्नु पथ्र्यो । तर माओवादीले यत्तिका वर्ष पाएको यो अवसर गुमायो । अवसरलाई स्वार्थमा, व्यक्तिवादमा आत्मकेन्द्रीतमा भुलायो । सुन तस्करी, नीतिगत भ्रष्टाचार, सुख सयल, परिवारवाद आदिमा चुर्लुम्म डुबेर बिलीन भयो माओवादी । यो कुरा माओवादीका लागि आगामी ०८४ सालको निर्वाचनमा निकै महंगो साबित हुने छ । माओवादीले स्वस्थ आलोचना पचाउन नसक्ने भएको छ । हरेक नेतृत्वमा अन्धभक्तवाद, गुटवाद मौलाएको छ र यो प्राणघातक रोग क्यान्सर जसरी भित्रभित्रै फैलिँदै गएको छ । जसले बिधि, नीति, सिद्धान्त र माओको विचार व्यवहारमा लागू नभएको भनि प्रश्न उठाउँछ, उसलाई माओवादीले जीवनभर उठ्न नसक्नेगरी अघोषित कारबाही गर्ने गरेको छ । यसरी अघोषित कारबाहीमा पार्नेहरुले निर्वाचनमा टिकट पाउँदैनन्, राज्यका निकायहरुमा गरिने नियुक्ति र पुरस्कार पाउँदैनन् । यस्तै यस्तै ...।
अव समय निकै ढिला भैसकेको छ । समय घर्कि सकेको छ । तर जनतासंगको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीलाई अहिलेको एमाले–कांग्रेसको गठबन्धन सरकारले भने उपलब्ध गराएको छ । यसलाई माओवादीले मिसन–०८४ का रुपमा घनिभूत तरिकाले सफल पार्नुपर्छ । उनीहरु संविधान संशोधन गरेर प्राप्त उपलब्धिहरु खोस्ने पक्षमा छन्, जनतालाई यसबारेमा बेलैमा सचेत बनाएर माओवादीले जागा पार्ने बेला भएको छ । संघीयता, समावेशीता, धर्मनिरपेक्षता, आदि धरापमा पर्दै गएको पूर्वसन्ध्यामा माओवादीहरु सहरमा बसेर शरीरमा बोसो जमाउने होइन, जनताको खेतबारीमा गएर श्रमदान गर्न जरुरी छ । जनतासँगै सहकार्य गर्न जरुरी छ । टुटेको जनसम्बन्ध पुनः स्थापित गर्नुपर्नेछ ।
माओवादी र उसका हरेक भातृ संगठनहरुमा पनि आन्तरिक लोकतन्त्रको फूल फुल्नुपर्छ । सहमतिका नाममा आफ्ना भाइ, भतिजा, छोरी, बुहारी, साला, साली आदि नातागोताका मानिसभन्दा पनि सक्षम मानिसलाई निर्वाचनको बिधिबाट छनोट गर्ने परिपार्टीको बिकास नभएसम्म माओवादी पार्टी व्यवहारमा कहिल्यै पनि सुध्रिन सक्दैन ।
माओवादीको केही दिनदेखि मुख्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा सहभागी नेताहरुले माओवादीले विचारको विकास गर्नुपर्ने कुरा उठाएका छन् । वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका छन् । माओवादीले बैठकमा उठाउने एजेण्डाहरु निकै सुन्दर, आकर्षक, लोकप्रिय र मिठा पनि छन् । तर माओवादीको ठूलो गल्ती भनेको बैठकमा उठाइएका र पास भएका एजेण्डाको सफल कार्यान्वयमा कमजोरी हुनु हो । माओवादीमा पद ओगटेर बस्ने र काम नगर्ने मानसिकताको जरो निकै गहिरोसँग गढेर बसेको छ । काम नगर्ने, काम बिगार्ने र कामप्रति हल्चेक्राइँ गर्ने नेताको पद घटुवा गरिनुपर्छ । पार्टीमा मौलाएको नातावाद, कृपावाद र परिवारवाद अध्यक्ष प्रचण्डबाटै निर्मम ढंगले फ्याक्ने तागत हुनुपर्छ ।
हिजो युद्धमा मर्नका लागि अरुलाई उकास्ने, अभिप्रेरित गर्ने र जागरुक बनाउने माओवादी र उसका हरेक भातृ संगठनहरुमा पनि आन्तरिक लोकतन्त्रको फूल फुल्नुपर्छ । सहमतिका नाममा आफ्ना भाइ, भतिजा, छोरी, बुहारी, साला, साली आदि नातागोताका मानिसभन्दा पनि सक्षम मानिसलाई निर्वाचनको बिधिबाट छनोट गर्ने परिपार्टीको बिकास नभएसम्म माओवादी पार्टी व्यवहारमा कहिल्यै पनि सुध्रिन सक्दैन ।
हिजो माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार सञ्चालन भएको थियो । प्रचण्डको सचिवालयमा बिभिन्न राजनीतिक नियुक्तिहरु भए । ती मध्येका एक हुनुहुन्थ्यो राजनीतिक सल्लाहकार हरिवोल गजुरेल । तर उहाँले बिचैमा किन राजीनामा दिने परिस्थिति निर्माण भयो ? यो र यस्ता कैयौँ साना, झिना मसिना समस्याहरुका बारेमा किन अव खुलेर बैठकमा छलफल नगर्ने ? के त्यो अध्यक्ष प्रचण्डको परिवारवादमोह र तिनीहरुले गरेको अनावश्यक हस्तक्षप होइन र ? जनताले के यो विषयलाई नबुझेका छैनन् र ? के यो घाम जतिकै छर्लङ्ग छैन र?
यहाँ एउटा उदाहरण पेस गर्ने जमर्को गर्दछु । हिजो माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार सञ्चालन भएको थियो । प्रचण्डको सचिवालयमा बिभिन्न राजनीतिक नियुक्तिहरु भए । ती मध्येका एक हुनुहुन्थ्यो राजनीतिक सल्लाहकार हरिवोल गजुरेल । तर उहाँले बिचैमा किन राजीनामा दिने परिस्थिति निर्माण भयो ? यो र यस्ता कैयौँ साना, झिना मसिना समस्याहरुका बारेमा किन अव खुलेर बैठकमा छलफल नगर्ने ? के त्यो अध्यक्ष प्रचण्डको परिवारवादमोह र तिनीहरुले गरेको अनावश्यक हस्तक्षप होइन र ? जनताले के यो विषयलाई नबुझेका छैनन् र ? के यो घाम जतिकै छर्लङ्ग छैन र?
अहिले माओवादीको बर्गीय सबन्ध निकै कमजोर हुँदै गएको छ । शान्ति प्रकृयापछिका अधिकाँश सरकारमा माओवादी सामेल छ । माओवादीका उपल्लो तहका अधिकाँश नेताका छोराहरु ठगी, लुटपाट, गुण्डागर्दी, रकम असुली, जग्गा, क्रसर, सुन काण्ड र अन्य गैरकानूनी कृयाकपालमा सामेल हुँदा र ती काण्डहरु प्रमाणित हुँदै गर्दा के त्यसले माओवादीलाई असर गरेको छैन? माओवादीहरु किन त्यस्ता भ्रष्ट आचरण भएकाहरुको बचाउमा अझै लागिरहेका छन? चरम गुटबन्दीले गर्दा माओवादी पार्टी अझै उँभो होइन, उँधो गतिमा झरिरहेको छ । नेताहरुको शैली अझै जनता खशी, बाख्रा, कुखुरा, सुँगुर पाल हामी गुण्डा, दलाल पाल्छौ भन्ने खालको छ । यो शैली र व्यवहारले कसरी माओवादी पार्टी बन्छ? कसरी यो सुद्धिकरण हुन्छ? माओवादीले अव आफ्नो प्रबृत्तिमा मात्र सुधार गरेर पुग्दैन, सोलोढोलो कुरा गरेर मात्र पनि हुँदैन । माओवादीका व्यक्ति र व्यक्तित्वमा पनि औँला उठाउने बेला आएको छ । यदि यसो गर्न नसके २०८४ साल माओवदीहरुका लागि महाकाल बन्ने निश्चित छ ।