काठमाडौं । मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरूवा गरेको छ ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरूवाबारे सोमबार सम्बन्धित सचिवलाई पत्राचार गरिएको छ ।
सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई ऊर्जा मन्त्रालयमा सरूवा गरिएको छ ।
ऊर्जामा कार्यरत सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरूवा गरिएको छ ।
उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ ।
बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा गरिएको छ ।
मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योग मन्त्रालयको वाणिज्य सचिवमा सरूवा गरिएको छ । वाणिज्य विभागका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालय सचिव सरिता दवाडीलाई ऊर्जा मन्त्रालयमा सरूवा गरिएको छ भने ऊर्जा मन्त्रालयका सुशीलचन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको जनाइएको छ ।